
काड हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो उद्देश्य पूर्ति गर्न आवश्यक पूँजी जुटाउन मिति 2082/09/04 को सञ्चालक समिति बैठकको निर्णय अनुसार जारी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ। यसअनुसार प्रति शेयर रु. 100/- दरका कुल 8,85,800 कित्ता शेयर निष्काशन गरिनेछ। कम्पनीका संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो हकमा पर्ने शेयर खरिदका लागि आवेदन दिन र सो बापतको रकम बुझाउन सूचित गरिन्छ। उक्त अवधिभित्र शेयर खरिद नगरेमा बाँकी रहेका शेयर अन्य व्यक्ति, कम्पनी वा संस्थालाई बिक्री गरिनेछ।